लेवान्डोस्कीद्वारा बेन्जेमाको तारिफ 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०६
  • |
  • 475 पटक हेरिएको

जर्मन क्लब बार्यन म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लोवान्डोस्कीले २०२० २१ को गोल्डेन बुट जितेका छन् ।

उनले गत सिजन बुन्डेसलिगामा ४१ गोल गरेका थिए भने क्लबलाई उपाधि दिलाउनका लागि महत्वपुर्ण भुमिका निभाएका थिए । 

उपाधि जितेपछि बोल्दै लेवान्डोस्कीले रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाको खुलेर तारिफ गरेका छन् । 

‘बेन्जेमाले गोल मात्रै गरेका छैनन्, उनले आफ्नो टिमलाई पनि सहि दिशामा लिएर हिँडिरहेका छन्, उनको टिमप्रतिको मिहेनतलाई म सम्मान गर्छु’ बेन्जेमाबारे लेवान्डोस्कीले भनेका छन् । 

बुन्डेसलिगाबाट अन्य लिगमा जानेबारे सोधिएको प्रश्नमा भने लोवान्डोस्कीले आफुले अन्य क्लबमा जानुपर्ने आवश्यकताबारे नसोचेको र बार्यनमा नै आफुले सकेजस्तो प्रयास गर्ने बताएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey