टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत पराजित हुनुका चार कारण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१०
  • |
  • 1038 पटक हेरिएको

आईसीसी विश्व टेस्ट च्याम्पियनको पहिलो च्याम्पियनको रुपमा न्यूजिल्याण्ड आएको छ ।

वुधबार राति फाइनल खेलको अतिरिक्त दिनमा भारतलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले ९१ बर्षको इतिहासमा आईसीसीको टुर्नामेन्ट जितेको हो ।

इंग्ल्याण्डको साउथह्याम्पटनमा खेलिएको फाइनलमा भारतले न्यूजिल्याण्डसँग जतिबेला पनि संघर्ष गर्नु परेको थियो । न्यूजिल्याण्डले हरेक ठाउँमा उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो । 

फाइनलमा भारत पराजित हुनुका पाँच कारण यस प्रकार छन् ।

१. भारतीय टिमको खराब ब्याटिङ

विश्व टेस्ट च्याम्पियनसिपमा भारत पराजित हुनुको मुख्य कारण ब्याटिङलाई मान्न सकिन्छ । फाइनलमा भारतका कुनै पनि ब्याट्सम्यानले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेनन् । ओपनिङ ब्याट्सम्यान रोहित शर्मासँग भारतीय टिमको ठूलो अपेक्षा रहेपनि त्यो अपेक्षामा उनले पुरै तुषारापात गरे ।

रोहितले दुवै पारिमा गरि ६४ रन मात्रै बनाउन सके । यस्तै अवस्था कप्तान विराट कोहलीको पनि रह्यो । उनले दुवै पारिमा गरि ५७ रनको योगदान गरे । दुवै पारिमा कुनै पनि भारतीय ब्याट्सम्यानले अर्धशतक बनाउनै सकेनन् । शुभमन गिल, चेतेश्वर पुजारा, अजिक्या रहाणेको ब्याट्बाट रन नै बनेन् ।

२. दोस्रो पारिमा खराब बलिङ

पहिलो पारिमा न्यूजिल्याण्डले २४९ रन बनाएको थियो । थोरै स्कोरमा रोकेको भारतीय बलिङ लाइनअपले दोस्रो पारिमा भने काम गर्न सकेन् । भारतका बलरहरु दोस्रो पारिमा फिक्का सावित भए । पहिलो पारिमा ४ विकेट लिने मोहमद सामी दोस्रो पारिमा फ्लप भए ।

ईशान्त शर्माको पनि प्रदर्शन विर्सन लायक नै रह्यो । फाइनलका लागि तुरुपको एक्का भनिएका जसप्रित बुमराह पनि चल्न सकेनन् । उनी दुवै पारिमा विकेट विहीन बने । 
न्यूजिल्याण्डले दोस्रो पारिमा पहिलो विकेट ४४ रनको अवस्थामा गुमाएको थियो । त्यसपछि १३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९६ रनमा दोस्रो विकेट गुमायो । त्यतिबेला न्यूजिल्याण्ड जित नजिक पुगिसकेको थियो ।

३. अभ्यास म्याचको कमी

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अघि भारतीय टिमले अभ्यास खेलको मौका नपाएको कुरालाई पनि फाइनलमा पराजयको कारणका रुपमा लिन सकिन्छ ।

कोरोना महामारीका कारण भारतले कुनै पनि टिमसँग अभ्यासको वातावरण नै बनेन् । 

४. इंग्ल्याण्डविरुद्धको सिरिजले न्यूजिल्याण्डलाई फाइदा

 भारतविरुद्ध विश्व टेस्ट च्याम्पियनसिप खेल्नु अघि न्यूजिल्याण्डले इंग्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गरेको थियो ।

दुई टेस्टको सिरिज न्यूजिल्याण्डले १–० ले आफ्नो पक्षमा पार्न सफल भयो । यसले पनि न्यूजिल्याण्डका खेलाडीमा सकारात्मक प्रभाव परेको थियो ।

जुन लय उनीहरुले फाइनलमा भारतविरुद्ध पनि देखाउन सफल भए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey