राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहीन

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 74 पटक हेरिएको
राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहीन

काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कांस्यसहित कुल ४० पदक जितेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेको छ । एनआरएनएले १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेको छ । नेपाली सेना १० स्वर्ण, १७ रजत र १७ कांस्य गरी कुल ४४ पदकसहित तेस्रो स्थानमा छ।

नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १७ कांस्यसहित ४० पदक जितेर चौथो स्थान हासिल गरेको छ । त्यस्तै, कोशी प्रदेशले ३ स्वर्णसहित ३ पदक जित्दा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कांस्य गरी ७ पदक जितेको छ ।

सशस्त्र प्रहरी बलको टोलीले २ स्वर्णसहित २ पदक जितेको छ । त्यस्तै लुम्बिनी प्रदेशले २ रजत र २ कांस्यसहित ४ पदक तथा गण्डकी प्रदेशले १ रजत र २ कांस्यसहित ३ पदक जितेका छन् । मधेस प्रदेशले १ कांस्य पदक जित्दा कर्णाली प्रदेशले भने अहिलेसम्म पदक जित्न सकेको छैन ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment