बक्सिङमा विभागीय टोली र बागमतीको वर्चस्व

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 73 पटक हेरिएको
बक्सिङमा विभागीय टोली र बागमतीको वर्चस्व

सुर्खेत । दशौं खेलकुद अन्तर्गत महिलातर्फको बक्सिङमा दोस्रो र तेस्रो सेसनका प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् ।

सुर्खेतस्थित मुख्य कभर्डहलमा भइरहेको प्रतियोगितामा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र एपीएफसँगै बागमती प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन्।


प्रतियोगिताको दोस्रो सेसन अन्तर्गत महिला ४८ केजी तौल समूहमा बागमतीकी रमिशा श्रेष्ठले कोशीकी मनिषा राईलाई तथा ५७ केजीमा नेपाल पुलिसकी निशा तामाङले सुदूरपश्चिमकी कविता सिंहलाई ५–० को समान अङ्कले पराजित गरे ।

पुरुषतर्फ ५५ केजीमा कर्णालीका रोहन सारु, ६० केजीमा आर्मीका खगेन्द्र रोकामगर र ६५ केजीमा एपीएफका सोनाम सार्की विजयी भए ।  


यस्तै ७० केजीतर्फ बागमतीका जोनिस घतानी, ७५ केजीमा आर्मीका गेसकुमार श्रेष्ठ, ८० केजीमा आर्मीकै दीपक श्रेष्ठ, ८५ केजीमा बागमतीका रासिव जारी तथा ९० केजीमाथिको सुपर हेभीवेटमा गण्डकीका सौगात गुरुङले जित हात पारे । तेस्रो सेसनमा महिला ४८ केजीतर्फ गण्डकीकी ग्रिस्मा तामाङ विजयी हुँदा एपीएफकी बिमा गुरुङले वाकओभर पाइन् । 


५१ केजीमा लुम्बिनीकी जसिता रोकामगर र बागमतीकी अस्मिता दुवालले आरएससी (रेफ्री स्टप्स कन्टेस्ट) का आधारमा पहिलो राउन्डमै खेल जिते । ५४ केजीमा आर्मीकी वर्षा श्रेष्ठ र एपीएफकी कृष्ण गौचन, ५७ केजीमा आर्मीकी विमला श्रेष्ठ र गण्डकीकी निशिका गुरुङ तथा ६० केजीमा पुलिसकी नारिका राई र कर्णालीकी मध्यिका अधिकारी विजयी भए ।

महिलातर्फकै ६५ केजीमा कर्णालीकी सरिता कुमारी बिकले वाकओभर पाइन् भने आर्मीकी चन्द्रकला थापा विजयी भइन् ।

७० केजीमा बागमतीकी बिना महर्जन र आर्मीकी कुसुम तामाङ तथा ७५ केजीमा एपीएफकी सरस्वती राना र आर्मीकी ललिता महर्जनले जित निकाले। ८० केजीमा आर्मीकी निरु गुरुङले वाकओभर पाइन् । 


तेस्रो सेसनकै पुरुषतर्फ ५० केजीमा बागमतीका लालप्रसाद उप्रेती र आर्मीका नमराज शाही तथा ५५ केजीमा पुलिसका चन्द्र बहादुर थापा र एपीएफका प्रदीप महर्जन ५–० को स्पष्ट अङ्कले विजयी भए।

६० केजीमा सुदूरपश्चिमका हेमराज जोशी र पुलिसका छिरिङ वाङ्दी शेर्पा तथा ६५ केजीमा लुम्बिनीका विवेक थापा र आर्मीका नितेश नेपालीले आ–आफ्नो बाउट जित्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment