काठमाडौं । भुटानको यात्रा गर्न लागेको नेपाल ‘ए’ टोलीको खेलतालिका सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले भुटानसँगको खेलतालिका सार्वजनिक गरेको हो।
क्यानका अनुसार, नेपाली टोलीले भुटानसँग मंसिर १८ मा पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, नेपाल र भुटानबीच मंसिर १९ मा दोस्रो, मंसिर २२ मा तेस्रो र मंसिर २३ मा तेस्रो खेल हुनेछ।
भुटानमा हुने गेलेफु पुरुष टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको नेतृत्व सन्तोष यादवले गर्दै छन्।
नेपाली टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिष जीसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विसाल सुम्लिङ्ग, अभिषेक पाल र इमरान शेख रहेका छन्।