पौडीमा एनआरएनएको बलियो पकड  

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 64 पटक हेरिएको
पौडीमा एनआरएनएको बलियो पकड  

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद–२०८३ अन्तर्गत जारी २३ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको दोस्रो स्थानमा बलियो पकड जमाएको छ।

बुधबार साँझसम्म सार्वजनिक नतिजाअनुसार एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको छ। कुल पदक संख्यामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब (१८ पदक) र नेपाल आर्मी क्लब (१८ पदक) अगाडि रहे पनि स्वर्ण पदकका आधारमा एनआरएनए दोस्रो स्थानमा रहेको हो। तालिकाको शीर्ष स्थानमा रहेको बागमती प्रदेशले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित १९ पदक जितेको छ।

च्याम्पियनसिपमा एनआरएनएका महिला खेलाडीहरूले विशेष वर्चस्व कायम गरेका छन्। १५ वर्षीया पौडीबाज लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी ९ मिनेट ३४.०६ सेकेन्डमा पूरा गर्दै सन् २०२५ मा डुआना लामाले बनाएको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन्। यस स्पर्धामा आर्मीकी डुआना लामाले ९ मिनेट ५९.५३ सेकेन्डको समय निकाल्दै रजत जितिन्।

लिलीले महिला २०० मिटर फ्रिस्टाइलमा पनि २ मिनेट १४.०३ सेकेन्डको समय निकाल्दै एनआरएनएलाई अर्को स्वर्ण दिलाइन्। सोही स्पर्धामा एनआरएनएकै मिखा काया थापाले २ मिनेट १९.६८ सेकेन्डका साथ कांस्य पदक हात पारिन्।

त्यसैगरी, एनआरएनएकी १६ वर्षीया मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्न सफल भइन्। उनले महिला १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट १३.६२ सेकेन्डको समयसहित रजत पदक जितिन्। उक्त स्पर्धामा बागमतीकी आर्या महर्जनले स्वर्ण जितिन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment