रिजन ढकालले जितेको जेइको जे५ प्रोको उपहारमा लाग्ने कर ओमोडा एन्ड जेइकोले तिरिदिने

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 92 पटक हेरिएको
रिजन ढकालले जितेको जेइको जे५ प्रोको उपहारमा लाग्ने कर ओमोडा एन्ड जेइकोले तिरिदिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा नेपाली ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित रिजन ढकालले पुरस्कारस्वरूप प्राप्त गरेको जेइको जे५ प्रो इलेक्ट्रिक एसयूभीको उपहार कर (गिफ्ट ट्याक्स) नेपालका लागि ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नै व्यहोर्ने भएको छ। यससँगै ढकालले पुरस्कारमा प्राप्त गरेको गाडीको गिफ्ट ट्याक्स तिर्नुपर्ने छैन। 

एनपीएल सिजन ३ को ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोर ह्विलर पार्टनर’ रहेको ओमोडा एन्ड जेइकोले ढकाललाई उनको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप जेइको जे५ प्रो प्रदान गरेको हो। कम्पनीले पुरस्कारस्वरूप दिइएको गाडीमा लाग्ने उपहार करसमेत आफैँ तिरिदिने प्रतिबद्धता जनाएको छ।

सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको एनपीएल सिजन ३ मा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ढकाल ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका हुन्। ओमोडा एन्ड जेइकोका अनुसार ढकालले प्रतियोगिताभर देखाएको निरन्तर प्रदर्शन, खेल कौशल र आफ्नो टोलीका लागि पुर्‍याएको योगदानको कदरस्वरूप जेइको जे५ प्रो प्रदान गरिएको हो।

पुरस्कारमा प्राप्त गाडीको करसमेत कम्पनीले व्यहोर्ने निर्णयले खेलाडीको उपलब्धिप्रति सम्मान प्रकट गरेको छ। एनपीएल सिजन ३ मा ‘पावर्ड बाई’ प्रायोजकका रूपमा आबद्ध ओमोडा एन्ड जेइकोले प्रतियोगिताका क्रममा मैदानमा ब्रान्ड प्रवर्द्धन, प्रत्यक्ष प्रसारण, डिजिटल माध्यम तथा दर्शकमैत्री गतिविधिमार्फत आफ्नो उपस्थिति जनाएको थियो।

कम्पनी पहिलो सिजनदेखि नै एनपीएलसँग आबद्ध रहँदै आएको छ। अटोमोबाइल क्षेत्रको नवीनता र क्रिकेटको प्रतिस्पर्धात्मक भावनालाई जोड्ने उद्देश्यसहित गरिएको सहकार्यले नेपाली खेलकुद तथा उदाउँदा खेल प्रतिभालाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ। एनपीएल सिजन ३ सफल बनाउन योगदान पुर्‍याउने खेलाडी, टोली, आयोजक तथा क्रिकेटप्रेमीलाई पनि कम्पनीले धन्यवाद दिएको छ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment