टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 74 पटक हेरिएको
टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्का र नेपाल आर्मीका प्रणव खनालले विजयी सुरुआत गरेका छन् ।

बर्दियाको गुलेरियामा भएको खेलमा प्रणवले पुलिसका निहालजंग थापालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरे । प्रदीपले लुम्बिनीका मघेन्द्र गिरीलाई ६–० र ६–२ को सोझो सेटमा सहजै हराए ।

पुलिस सिंगल्समै गण्डकीका करणबहादुर थापाले पुलिसका दर्शिल श्रेष्ठलाई ६–३ र ७–५, बागमतीका निसान श्रेष्ठले एपीएफका सक्षमविक्रम शाहलाई ६–३ र ६–१, एनआरएनएका रेन्जेन लामाले सुदूरपश्चिमका रमेशसिंह दंगालाई ६–० र ६–०, बागमतीका प्रितम परियारले एपीएफका देवासिश रेउलेलाई ६–० र ६–३, एनआरएनएका असभसम्राट हाडाले लुम्बिनीका विवेक कुँवरलाई ६–० र ६–० तथा आर्मीका राजवीर प्रधानले सुदूरपश्चिमका माधवसिंह विष्टलाई ६–० र ६–० ले पाखा लगाए ।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम, एनआरएनए, पुलिस, आर्मी र एपीएफबाट ३४ पुरुष र १३ महिला गरी ४७ खेलाडी सहभागी छन् । मंसिर १४ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

 

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment