दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी, कोशी ६ विकेटले पराजित

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 81 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी, कोशी ६ विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार वीरेन्द्रनगर क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा कोशी प्रदेशले दिएको ६६ रनको सामान्य लक्ष्य आर्मीले १३.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेश १८.५ ओभरमा ६५ रनमा समेटिएको थियो । कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । उनले २ ओभर मेडनसमेत राखिन् । यस्तै, मनीषा उपाध्यायले २ तथा कविता कुँवर, ईश्वरी बिष्ट, लक्ष्मी साउद र संगीता गुरुङले समान १ विकेट लिए ।

६६ रनको लक्ष्य पछ्याएको आर्मीका लागि बिन्दु रावलले २१ र रुबी पोद्दारले १८ रनको योगदान दिइन् । कविता कुँवर १२ रनमा अविजित रहिन् भने अञ्जली बिश्वकर्माले ७ रन बनाइन् । आर्मीले १३.१ ओभरमै लक्ष्य पूरा गर्दै जित निकालेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच  घोषित भइन् । यस जितसँगै त्रिभुवन आर्मी क्लबले महिला क्रिकेट प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment