एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 119 पटक हेरिएको
एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतिगिता अन्तर्गत आज नेपालले युएईको सामना गर्दैछ ।

दोहामा हुने यो खेल आज विहान ११; ४५ बजेदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको थियो ।

प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुदैछन् । नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ ।

नेपाली टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

नेपालले यसपछि अर्को खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment