दशौं राष्ट्रिय खेलकुदको मुखमै भलिबल मुख्य प्रशिक्षकविहीन

  • Image नेप्लेज
  • ३० कार्तिक २०८३, सोमवार
  • 160 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुदको मुखमै भलिबल मुख्य प्रशिक्षकविहीन

काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन २ साता भन्दा कम समय बाँकी रहँदा नेपालको राष्ट्रिय खेल भलिबल मुख्य प्रशिक्षकविहीन बन्न पुगेको छ।

प्रतियोगिताको अन्तिम तयारी तीव्र भइरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई जिम्मेवारीबाट हटाएको हो।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले भट्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन्।

प्रशासनिक जिम्मेवारी हेरफेर गर्ने क्रममा भट्टलाई हटाइएको सदस्य सचिव मेहताले पुष्टि गरे ।

यसअघि राखेपले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकसँगै तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकको जिम्मेवारी दिएको थियो।

तर, सुर्खेतमा आयोजना हुन लागेको बृहत् दशौं राष्ट्रिय खेलकुद सुरु हुने बेला एकाएक जिम्मेवारी हेरफेर गरिएको हो।