काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ ब्वाइज सिंगल्सको नकआउट चरणमा प्रवेश गरेका छन् ।
निश्चलले नकआउट चरणमा सिंगापुरका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् । यु–१५ गल्र्स सिंगल्समा प्राज्ना महर्जन समूह चरणको दुवै खेलमा चुकिन् ।
प्राज्ना अस्ट्रेलियासंग ३–० र फिलिपिन्ससंग ३–१ ले पछि परिन् । त्यसैगरी, आभा प्रधान पनि पराजित भइन् ।
यु–१५ मिक्स डबल्सको क्वाटरफाइनलमा मलेसियाली जोडीले निश्चल र प्राज्नाको जोडीलाई ३–१ ले हराएको प्रशिक्षक राकेश महर्जनले जनाएका छन् ।