एनपीएलमा आज दुई खेल हुँदै

  • Image नेप्लेज
  • २७ कार्तिक २०८३, शुक्रवार
  • 85 पटक हेरिएको
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज अपराहन्न साढे १२ बजेदेखि हुने खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा रहेको छ । त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अंक हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ