ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल युएईसँग सात विकेटले पराजित भएको छ ।
नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य युएईले ३४ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालको ब्याटिङमा सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाएका थिए। सचिन भट्टले ३२ रन जोड्दा नीरजकुमार यादव र दर्शन सोनारले समान १६ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
युएईकम निशाम खानले पाँच विकेट लिँदा आयान मिसवाहले तीन तथा नुरुल्लाह अयोबीले दुई विकेट लिएका थिए। जवाफमा ब्याटिङ गरेको यूएईले १५ ओभर २ बाँकी छँदै लक्ष्य पूरा गर्यो । यूएईका लागि कप्तान आयान मिसवाहले अविजित ७५ रनको योगदान दिए । यायिन राईले आक्रामक ब्याटिङ गर्दै ३२ रन बनाए। अहमद खुदादादले २४ तथा ओमर तौकिरले ११ रन बनाए ।
नेपालका लागि सुसिल रावल, विपिन शर्मा र नितेश पटेलले समान एक विकेट लिए । प्रतियोगितामा दुवै टोली पहिलो खेलमा पराजित भएका थिए ।
नेपाल भारतसँग तथा यूएई पाकिस्तानसँग पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।