यू–१९ एसिया कपमा नेपाल १५३ रनमै अलआउट

  • Image नेप्लेज
  • २२ कार्तिक २०८३, आइतवार
  • 115 पटक हेरिएको
यू–१९ एसिया कपमा नेपाल १५३ रनमै अलआउट

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई १५४ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरातमा आइतबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रनमा अलआउट भयो।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। उनले ७१ बलमा ३ चौका प्रहार गरे। सचिन भट्टले ५५ बलमा ३ चौकासहित ३२ रन जोडे। त्यस्तै निरजकुमार यादवले २० बलमा १६, दर्श सोनारले २२ बलमा १६ तथा आशिष लुहारले १३ बलमा ११ रन बनाए। कप्तान विपिन शर्माले अविजित ९ रन जोडे। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईका नासिम खानले ५ विकेट लिए। उनले ८ ओभरमा ४३ रन खर्चिए। अयान मिस्बाहले १० ओभरमा २२ रन दिएर ३ विकेट लिए भने नुरुल्लाह अयुबीले २ विकेट हात पारे। समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेको हो।

नेपालको लक्ष्य पछ्याउन यूएईले जवाफी ब्याटिङ गर्नेछ।