प्रिमियर लिगः १४ वर्षपछि एनफिल्डमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

  • Image नेप्लेज
  • १६ कार्तिक २०८३, सोमवार
  • 98 पटक हेरिएको
प्रिमियर लिगः १४ वर्षपछि एनफिल्डमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सन् २०१२ सेप्टेम्बरपछि पहिलो जित निकाल्ने क्रममा आर्सनलले उत्कृष्ट प्रदर्शन गरेको हो ।

यसअघि एनफिल्डमा खेलेका पछिल्ला १३ खेलमा आर्सनल जितविहीन थियो । खेलको १६औँ मिनेटमा काइ हाभर्ट्जले डेक्लान राइसको लो क्रसलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए । पछाडिबाट खेल निर्माण गर्ने क्रममा लिभरपुलले बल गुमाएपछि आर्सनलले त्यसको फाइदा उठाएको थियो । गोलपछि लिभरपुलले लगातार दबाब सिर्जना गरे पनि आर्सनलको डिफेन्स बलियो रह्यो । फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत पाएको राम्रो अवसर खेर फाले ।

दोस्रो हाफमा पनि आर्सनलले उत्कृष्ट डिफेन्स प्रदर्शन जारी राख्यो । लिभरपुललाई गोल गर्ने अवसरबाट टाढा राखेको आर्सनलले लगातार दोस्रो खेलमा विपक्षीलाई टार्गेटमा प्रहार गर्नसमेत दिएन । मिकेल आर्टेटाको टोलीले नौ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार ब्राइटनसँग घरेलु मैदानमै पराजित भएको म्यानचेस्टर सिटी २१ अंकसहित दोस्रो स्थानमा छ । लिगमा दोस्रो हार बेहोरेको लिभरपुल भने १५ अंकसहित पाँचौँ स्थानमा छ । शीर्ष स्थानको आर्सनलभन्दा टोलि नौ अंकले पछाडि परेको छ ।