एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

  • Image नेप्लेज
  • १३ कार्तिक २०८३, शुक्रवार
  • 93 पटक हेरिएको
एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैनन्।

प्रतियोगितामा आज एक दिन विश्राम दिइएको छ।

भोली शनिबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्।

शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #टी-ट्वान्टी