काठमाडौँ। एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै सातवटै टोलीका लोगो अंकित ‘स्पेसल एडिसन क्यान’ बजारमा ल्याएको छ।
एनपीएलको उत्साहलाई क्रिकेट समर्थकहरूमाझ अझ नजिक पुर्याउने र उनीहरूलाई आफ्नो मनपर्ने टोलीप्रति समर्थन तथा गर्व व्यक्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यी विशेष क्यानहरू सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार क्रिकेटप्रेमीहरूले अब खेल हेर्दा वा साथीभाइसँग टिमको चर्चा गर्दा आफ्नो प्रिय टोलीको पहिचान बोकेको एक्स्ट्रीम क्यान रोज्न सक्नेछन्।
'सात टिम, सात पहिचान' भन्ने सन्देशका साथ ल्याइएका यी स्पेसल एडिसन क्यानहरू ग्राहकका लागि नजिकैका किराना पसल तथा प्रमुख बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेका छन्।