काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका ब्याट्सम्यान देव खनालले अर्धशतक बनाएका छन्।
उनले ६० बलमा तीन चौका र एक छक्काको सहयोगमा ५० रन बनाएका हुन्।
अहिले क्रिजमा देवसँगै रोहित पौडेल रहेका छन्।
यसअघि आसिफ शेख १३ बलमा ७ रन र इशान पाण्डे ६० बलमा २९ रन बनाएर आउट भएका थिए।
ताजा स्थितीमा नेपालले २२.३ ओभरमा दुई विकेट गुमाएर ८२ रन बनाएको छ। लिग–२को शीर्ष ६ मा अटाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ।
अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।