काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा हुने भएको छ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा एसिया सम्मेलन आयोजना गर्ने भएको हो।
सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरू सहभागी हुनेछन्।
सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एसियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ।
‘यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ’, क्यानले भनेको छ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने क्यानले जनाएको छ।