नेपाल फुटबल लिग (एनएफएल) को घोषणा

  • Image नेप्लेज
  • ३० आश्विन २०८३, शुक्रवार
  • 112 पटक हेरिएको
नेपाल फुटबल लिग (एनएफएल) को घोषणा

काठमाडौं । नेपाल फुटबल लिग (एनएफल) को रूपमा शुक्रबार नयाँ फ्रेन्चाइज लिगको घोषणा गरिएको छ र यो फागुन १ बाट सुरु हुनेछ ।

‘नयाँ युगको सुरुआत’ सँगै सुरु हुन लागेको प्रतियोगितामा सहभागी हुने सात टिमको नाम पनि घोषणा गरिएको छ । ती टिममा ललितपुर सिटी एफसी काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी रहेका छन् ।

प्रतियोगितामा सहभागी हुनेको संख्या दस पुग्न सक्नेछ र अन्य टिमको घोषणा पछि गरिनेछ ।

यसअघिको नेपाल सुपर लिग (एनएसएल) घोषणा भएर पनि आयोजना हुन सकेको थिएन् ।

यही प्रतियोगितामा सहभागी हुने टिमले नै आफू मिलेर अब नयाँ लिग आयोजना गर्न लागेका हुन् ।

यस लिगका अहिलेका प्रमुखमा ललितपुर टिमकै कल्याण गुरुङ रहेका छन् ।

प्रतियोगिताका कमिसनर राजु घिसिङ रहेका छन् र उनका अनुसार प्रतिस्पर्धा चार महिनासम्म चल्ने छ र खेल होम एन्ड अवेका आधारमा हुने छन् ।