काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) को लागि हाइअर जोडिएको छ ।
एनपिएलको तेस्रो सिजनका लागि लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हाइअर रहने छ ।
लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्देश कटवाल र कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप लुम्बिनी लायन्सको खेलाडीले लगाउने खेलाडीको जर्सीको छातीमा हाइअरको लोगो हुनेछ । लुम्बिनी लायन्सका सिइओ सन्देश कटवालले ग्लोबल ब्रान्डको रुपमा रहेको हाइअरसँग जोडिन् पाउनु एनपिएलकै लागि ठुलो सन्देश भएको जनाए । उनले भने, 'हाइअर एउटा ग्लोबल ब्रान्ड हो, यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिदा एनपिएलका लागि पनि ठुलो अर्थ राख्छ । ग्लोबल र मल्टिनेसन्स कम्पनीसँग कुनै पनि फ्रेन्चाइज जोडिदा त्यसले एनपिएलको उचाईलाई पनि बढाउछ ।'
`हाइअर नम्बर १ ग्लोबल ब्रान्ड हो र लुम्बिनी लायन्स एनपिएलको २०२५ का विजेता टिम भएका कारणले पनि हामी यो साझेदारी गर्दछौं । यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ आयाममा पुऱ्याउँछ भन्ने विश्वास हाम्रो ब्रान्डको छ । लुम्बिनी लायन्स, जसले क्रिकेटका लागि ठुलो योगदान दिएको छ, यस टिमसँग जोडिन पाउँदा हाम्रो ब्रान्ड खुशी र उत्साहित छ,' सम्झौतापछि कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष झाले भने।
नेपाली राष्ट्रिय टोलीका प्रमुख ब्याटर रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स एनपिएलको तेस्रो सिजनमा उत्रिने छ ।
रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेक गौतमलाई लुम्बिनीले तेस्रो सिजनका लागि 'रिटेन' गरेको थियो भने अक्सनबाट आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलाई लिएको थियो
। लुम्बिनी लायन्समा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी'आरी शर्ट, नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन, श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला लगायतका विदेशी खेलाडी अनुबन्धन गरिसकेको छ ।