निसर्ग बाटिकाले जित्यो पौडीको उपाधि

  • Image नेप्लेज
  • २७ आश्विन २०८३, मङ्गलवार
  • 42 पटक हेरिएको
निसर्ग बाटिकाले जित्यो पौडीको उपाधि

काठमाडौं । १४ औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अङ्क पाएको हो ।

दोस्रो भएको एपिएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गरेको हो । सात वटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा चार स्वर्ण र २ रजत जितेका नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी सङ्घले जानकारी दिएको छ । एर्भिनले ६ राष्ट्रिय कीर्तिमान कायम गरे । अभिभ प्रधानले ४, जाडेन श्रेष्ठले ३ तथा डुवाना लामा, कल्किन श्रेष्ठ, अथर्व सिंह र आरोण भण्डारीले समान १–१ राष्ट्रिय कीर्तिमान कायम गरेको सङ्घले जानकारी दिएको छ ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे । नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडी पोखरीमा भएको हो ।

बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा ३६ टोलीका १ सय ५१ जनाको खेलाडीको सहभागिता थियो ।