प्रयागराज सिंह सुवाल स्मृति फुटसल ४, ६,१६ र १४ वडा सेमिफाइनलमा

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 45 पटक हेरिएको
प्रयागराज सिंह सुवाल स्मृति फुटसल ४, ६,१६ र १४ वडा सेमिफाइनलमा

काठमाडौं । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा भइरहको चौथो प्रयागराज सिं सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं ४, ६,१६ र १४ सेमिफाइनलमा प्रव्श गरेकाे छ ।

साेमबार भएकाे क्वार्टरफाइनलमा ४ वडाले २१ वडालाई, ६ वडाले १३ वडालाई, १६ वडाले २० वडालाई र १४ वडाले २६ वडालाई पराजित गरि सेमिफाइनलमा स्थान बनाए ।

आजकाे पहिलाे क्वाटरफाइनलमा ४ वडाले २१ वडालाई ५-० गाेलले पराजित गरे । ४ वडाका लागि असिम गुरुङ एक्लैले ४ गाेल गरे भने एक गाेल आत्मघाती भए । खेलमा गुरुङ म्यान अफ द म्याच भए ।

दाेस्राे खेलमा ६ वडाले १३ वडालाई ३-१ ले पराजित गरे । ६ वडाका लागि दिपेश श्रेष्ठले २ र सन्ताेष भण्डारीले १ गाेल गरे । १३ वडाकाे लागि सान्त्वना गाेल पनि आत्मघाती गाेलकाे रुपमा पाएकाे थियाे । खेलमा दिपेश श्रेष्ठ म्यान अफ द म्याच भए ।

तेस्राे खेलमा १६ वडाले २० वडालाई ६-१ गाेलकाे विशाल अन्तरले पराजित गरे । १६ वडाकाे लागि म्यान अफ द म्याच रविन्द्र निराैलाले २, प्रिन्स महर्जन, आयुष कुँवर, विरन श्रेष्ठ र अजित धितालले १-१ गाेल गरे भने २० वडाका लागि युनिकमान डंगाेलले १ गाेल गरे । अन्तिम खेलमा १४ वडा र २६ वडाकाे खेल नियमित समयमा गाेलरहित बराबरि भएपछि टाइब्रेकरमा गएको थियाे । टाइब्रेकरमा १४ वडा ३-२ गाेलले विजय भए ।