लिग २ को अन्तिम शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई सम्पन्न

  • Image नेप्लेज
  • १८ आश्विन २०८३, आइतवार
  • 87 पटक हेरिएको
लिग २ को अन्तिम शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई सम्पन्न

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीचको शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे ।

नेपाली टोली आइतबार राति नै ओमानका लागि प्रस्थान गर्नेछ ।

नेपालका लागि यस शृङ्खला निकै महत्त्वपूर्ण रहेको छ । नेपालको ओडीआई मान्यता जोगिने र लिग २ मा कुन स्थानमा रहन्छ भन्ने कुरा यही शृङ्खलाबाट टुङ्गो लाग्नेछ ।

शृङ्खलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् ।

पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् । ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यो शृङ्खलाका लागि पनि टिममा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन् ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल

प्रशिक्षक: स्टुअर्ट ल

म्यानेजर : सुमन राज कार्की