म्याक्स टाइगरको ‘दशैं धमाका’ सार्वजनिक: कार, बाइक र स्कुटर जित्ने अवसर

  • Image नेप्लेज
  • १७ आश्विन २०८३, शनिवार
  • 95 पटक हेरिएको
 म्याक्स टाइगरको ‘दशैं धमाका’ सार्वजनिक: कार, बाइक र स्कुटर जित्ने अवसर

चाडपर्वको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिङ्कले आफ्ना उपभोक्ताका लागि लक्षित गर्दै भारी उपहारसहितको योजना ल्याएको छ। ब्रान्ड एम्बेसेडर एवम् अभिनेता राजेश हमालको उपस्थितिमा राजधानीमा आयोजित कार्यक्रममा ‘म्याक्स टाइगर दशैं धमाका २०८३’ को औपचारिक सुरुवात गरिएको हो।

कम्पनीले यस योजनामार्फत चाडपर्वको उत्साहलाई थप बढाउन १ जनालाई 'प्रोटोन इमास ७' कार, १८ जनालाई यामाहा बाइक र १८ जनालाई यामाहा स्कुटर जित्ने अवसर प्रदान गरेको छ।

कसरी सहभागी हुने?

कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा सहभागी हुन उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिङ्क खरिद गरी क्यान वा बोतलको पुलअफको पछाडि हेर्नुपर्नेछ। पुलअफमा पुरस्कार उल्लेख भएमा उपभोक्ताले नजिकैको खुद्रा पसल वा डिलरमार्फत दाबी गर्न सक्नेछन्।

उपहार वितरण प्रक्रियालाई पारदर्शी बनाउन चाडपर्वलगत्तै काठमाडौँको पाँचतारे होटलमा भव्य कार्यक्रम गरी मिडियाको रोहवरमा विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

कार्यक्रममा ब्रान्ड एम्बेसेडर राजेश हमालले म्याक्स टाइगर स्वदेशी पहिचान बोकेको गुणस्तरीय ब्रान्ड भएको र यससँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले अभियानले पर्वको माहोलमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै विजया दशमीको शुभकामना दिएका थिए।

त्यस्तै, कम्पनीका सेल्स हेड कृष्ण दाहालले यो योजना केवल उपहार मात्र नभई उपभोक्ताहरूले वर्षभरि देखाएको विश्वास र मायाप्रतिको सम्मान भएको बताए।