मदन भण्डारी कपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

  • Image नेप्लेज
  • १३ आश्विन २०८३, मङ्गलवार
  • 64 पटक हेरिएको
मदन भण्डारी कपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

काठमाडाैं। दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेकाे छ। 

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा दाेस्राे खेलमा विभागीय टाेली नेपाल पुलिस क्लबले श्रीलंकाकाे पुलिस क्लबलाई ३–० को साेझाे सेटमा पराजित गरेको हो।

खेलमा २५–२३, २५–२१ र २५–२० ले खेल जित्याे। यसअघि दिनकाे पहिलाे खेलमा खैरा भलिबल क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियाे।

यस्तै, दाेस्राे खेल गल्कोट भलिबल क्लब र भारतको गुजराज स्पाेर्टि्ङ क्लबबीच हुने तय थियाे। तर, गल्काेटकाे खेलाडीहरु समयमै उपस्थित हुन नसकेपछि प्रतियाेगताबाट बाहिरिएकाे छ।