जनकपुर बोल्ट्समा जोडिए सक्सेस र होम्स एजुकेसन

  • Image नेप्लेज
  • १२ आश्विन २०८३, सोमवार
  • 65 पटक हेरिएको
जनकपुर बोल्ट्समा जोडिए सक्सेस र होम्स एजुकेसन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि जनकपुर बोल्ट्सले ‘सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेस’ र ‘होम्स एजुकेसन ग्रुप’लाई आफ्नो आधिकारिक एजुकेशन पार्टनरको रूपमा भित्र्याएको छ।

शिक्षा, अवसर र युवा पुस्ताको उज्ज्वल भविष्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने यस सहकार्यले खेलकुदसँगै समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने टोलीको विश्वास छ।

साझेदारीबारे बोल्दै जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाले खेलकुद र शिक्षाको शक्तिलाई एकसाथ जोड्ने यस प्रयासले युवाहरूलाई प्रेरणा दिनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने बताए।

त्यस्तै, सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसका निर्देशक राम कार्कीले जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै युवाहरूलाई शैक्षिक लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।


#एनपीएल #NPL