केएमसी वडा च्याम्पियनसिप र्यापिड चेस हुने

  • Image नेप्लेज
  • ८ आश्विन २०८३, बिहिवार
  • 62 पटक हेरिएको
केएमसी वडा च्याम्पियनसिप र्यापिड चेस हुने

काठमाडौ। काठमाडौं महानगरपालिका १० ले आयोजना गर्ने दोसञे केएमसी १० वडा नेसनल ओपन फिडे र्यापिड चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ

। यही १०–११ असोजमा हुने चेस १० वडा कार्यालय रहेको सहभागिता मार्गमा आयोजना हुनेछ । फिडेको नियमअनुसार स्विस लिग प्रणालीमा ९ चरणसम्म चल्ने प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतले जानकारी गराए । उनका अनुसार प्रतियोगितामा २ सयभन्दा बढी प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।

कुल २ लाख ५२ हजार ७ सय ५० रुपैयाँ रहेको प्रतियोगिता विजेताले २६ हजार २५० रुपैया“ पुरस्कार पाउनेछन् । दोस्रोले २२ हजार ५ सय, तेस्रोले १८ हजार, चौथोले ११ हजार २५० रुपैया“ पुरस्कार पाउनेछन् । पाँचौंदेखि २० औं स्थानसम्म आउनेले पनि नगद पुरस्कार पाउनेछन् । त्यस्तै विधागततर्फ महिला, अनरेटेड, भेट्रान ५५ वर्षमाथि, यू–१४, यू–१२, १९०० रेटिङमुनि, स्थानीय १० वडातर्फका विजेतालाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य आर्बिटरको रुपमा ज्ञानेन्द्र खाइजु रहेका छन् ।