काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ।
जापानको ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा मंगलबार भएको ११औँ स्थानको वर्गीकरण खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपालले पहिलो सेट २३–२५ ले गुमाएको थियो। दोस्रो सेटमा नेपाल १७–२५ ले पछि परेको थियो भने तेस्रो सेट १३–२५ ले गुमाएपछि मंगोलियाले खेल आफ्नो पक्षमा पार्यो।
यो हारसँगै १४ टोली सहभागी प्रतियोगितामा नेपाल १२औँ स्थानमा रहँदै एसियन गेम्समा आफ्नो यात्रा समाप्त गरेको छ।