काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा थाइल्यान्डले दक्षिण कोरियालाई पराजित गर्दै कांस्य पदक जितेको छ।
कोमाकीस्थित पार्क एरिना कोमाकीमा मंगलबार भएको कांस्य पदकका लागि भएको खेलमा थाइल्यान्डले दक्षिण कोरियालाई सोझो सेटमा ३–० ले पराजित गरेको हो।
थाइल्यान्डले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।
याे हारसँगै दक्षिण कोरिया चौथो स्थानमा सीमित भएको छ। यसघि सेमिफाइनलमा थाइल्यान्ड चीनसँगै ३–२ काे सेटमा पराजित हुँदा काेरिया ३–० काे साेझाे सेटमा पराजित भएकाे थियाे।