काठमाडौं : उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले १३औं स्थान हासिल गरेकी छन् ।
जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उनले सो उपाधि हासिल गरेकी हुन् ।
सुस्मिताले ९.५८० अंक प्राप्त गर्दै १३औं स्थान हासिल गरेको नेपाल उसु महासंघले जनाएको छ ।
यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अंकसहित स्वर्ण जितेकी छन् । त्यसैगरी मकाउकी, चो मानले ९.७१० अंक प्राप्त गर्दै रजत पदक हात पारिन भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अंकसहित कास्य पदक जितिन् ।