उसु खेललाई प्राथमिकतामा राख्ने सदस्य–सचिव चन्दको प्रतिबद्धता

  • Image नेप्लेज
  • २० चैत्र २०८२, शुक्रवार
  • 1593 पटक हेरिएको
उसु खेललाई प्राथमिकतामा राख्ने सदस्य–सचिव चन्दको प्रतिबद्धता

सुर्खेत। नेपाल उसु महासंघ जिल्ला कार्यसमिति सुर्खेतले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य–सचिव रवीन्द्र चन्दलगायत पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

सो अवसरमा सदस्य–सचिव चन्दले उसु कर्णालीका लागि पदक सम्भावित खेल भएकाले यसको विकास र खेलाडी उत्पादनमा परिषद्ले विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

महासंघका सुर्खेत अध्यक्ष सन्तोष बराइलीले चन्दको कार्यकालमा कर्णालीको खेलकुद क्षेत्रले गति लिने विश्वास व्यक्त गरे। नवनियुक्त सदस्य–सचिव चन्दले गत साेमबारमात्रै सपथ ग्रहरण गर्दै १०औं राष्ट्रिय खेलकुद तथा कर्णाली रंगशालालाई प्रथामिकतामा राख्दै अघि बढ्ने याेजनासहित दुई महत्वपूर्ण प्रतिबद्धता सार्वजनिक गरेका थिए।