ओडीआई अलराउन्डर वरियतामा दीपेन्द्रको ५ स्थान सुधार

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 55 पटक हेरिएको
ओडीआई अलराउन्डर वरियतामा दीपेन्द्रको ५ स्थान सुधार

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् ।

उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो ।

शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा गरेको प्रदर्शनबाट उनको वरियतामा सुधार भएको हो । प्रिमियर कपमा ओमानसँगको सेमिफाइनल र यूएईसँगको फाइनल ओडीआई मान्यताको थियो ।

दीपेन्द्रले सेमिफाइनलमा ओमानविरुद्ध अर्धशतक बनाएका थिए भने ३ विकेट पनि लिएका थिए । यूएईसँगको फाइनलमा १८ रन बनाएर १ विकेट लिएका थिए ।

ओडीआई ब्याटिङ वरियतामा पनि दीपेन्द्र १० स्थान माथि उक्लँदै ८४औं स्थानमा छन् ।

टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र तेस्रो स्थानमै यथावत् छन् ।