काठमाडौं । काराबाओ कपको तेस्रो चरणअन्तर्गत मंगलबार राति भएका पाँच खेलमा आर्सनल, लिभरपुल, फुलहम र ब्रेन्टफोर्डले जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन् ।
आर्सनलले इप्सविच टाउनलाई ४–२ ले पराजित गर्यो । आर्सनलका लागि म्याक्स डोम्यानले दुई तथा नोनी माडुके र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए ।
लिभरपुलले टोटनहम हटस्परलाई ३–१ ले हरायो । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सोबोस्लाईले गोल गरे भने टोटनहमका लागि कोनर गालाघरले एक गोल फर्काएका थिए ।
फुलहमले वेस्ट ह्यामलाई ३–२ ले पराजित गर्दा ब्रेन्टफोर्डले रिडिङलाई २–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।
अर्को खेलमा पिटरबरो युनाइटेड र बार्न्स्लीबीच ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पिटरबरो ७–६ ले विजयी भयो ।
यससँगै यी पाँच टोलीले काराबाओ कपको चौथो चरणमा स्थान पक्का गरेका छन् ।