२० औं एसियन गेम्स : महिला भलिबलमा आज नेपाल र जापानले खेल्दै

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 58 पटक हेरिएको
२० औं एसियन गेम्स : महिला भलिबलमा आज नेपाल र जापानले खेल्दै

काठमाडौं । २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको तर्फबाट पहिलो खेल महिला भलिबल टोलीले खेल्दैछ। नेपाली महिला भलिबल टोलीले जापानसँग प्रतिष्पर्धा गर्न लागेको हो।

नेपाल-जापानबीच पार्क एरिना कोमाकीमा आज नेपाली समय अनुसार दिउँसोको ४:०५ बजे (जापानी समय अनुसार साँझ ७:२० मा) खेल सुरु हुनेछ।

नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो। नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ औं स्थानमा छ भने जापान छैटौं स्थानमा छ। समूह ‘ए’ मा नेपाल, जापान र इन्डोनेसिया रहेको छ।

विश्व वरियतामा ५३ औं स्थानमा रहेको इन्डोनेसियासँग नेपालले बिहीबार खेल्ने छ।

२० औं एसियन गेम्सको औपचारिक उद्घाटन असोज ३ गते (सेप्टेम्बर १९) मा हुने भएपनि सेप्टेम्बर १० देखि नै समूह चरणका विभिन्न खेल सुरु भइसकेका छन्।