नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
सोमबार नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिए ।
आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल पहिलो जितको लक्ष्यमा छ । यसअघि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।
यता, नामिबिया पनि दोस्रो जित निकाल्ने दाउमा छ ।
यसअघि नेपाललाई हराएको नामिबियाले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाएको थियो । टिममा एक परिवर्तन भएको छ ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले ललित राजवंशीलाई बेन्चमा राख्दै ब्याटर भीम शार्कीलाई प्लेइङ–११ मा समेटेका छन् ।
खेलमा वर्षाका कारण टसमा ढिलाइ भएको थियो ।