एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

  • Image नेप्लेज
  • १२ असार २०८३, शुक्रवार
  • 1159 पटक हेरिएको
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरिएको छ।

शुक्रबार नेपाल क्रिकेट संघले एनपीएलका लागि खेलाडी दर्ता खुला गरिएको जनाएको छ।

संघका सचिव पारश खड्काले प्रेस विज्ञप्ति जारी गरी शुक्रबारदेखि नै खेलाडी दर्ता सुरु गरिएको जानकारी दिएका छन्।

एनपीएलको अक्सनका लागि खेलाडीले नाम दर्ता गराउन असार १२ देखि १७ गतेसम्मको समय तोकिएको छ।

नाम दर्ता गराएकै खेलाडीबाट असार २२ गते अक्सन हुनेेछ।

खेलाडी दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् 


#क्रिकेट #एनपीएल