एरिकालाई कांस्य

  • Image नेप्लेज
  • ५ असार २०८३, शुक्रवार
  • 866 पटक हेरिएको
एरिकालाई कांस्य

काठमाडाैं। एरिका गुरुङले २२औं सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन्। एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्।

इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य जितेकी हुन्।