सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा

  • Image नेप्लेज
  • १५ माघ २०८२, बिहिवार
  • 4274 पटक हेरिएको
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा

काठमाडौं। पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८ र २१–१९ को सोझो सेटमा पराजित गरे।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, कास्कीका डोलराज आले र देव गुरुङ, वाइसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, बालकुमारीका शान्ता डंगोल र ज्ञानु कुमाल, डम्बर लामा र लोक लामा, युनिटीका आकाश छन्त्याल र आङ कुसाङ शेर्पा, एपीएफका खुशु बुढाथोकी र चेतसिंह थापा, एनवाइसीका दिनेश राई र सौरव राणा तथा सामाखुशीका टीका थापा मगर र हीरा रोकाको जोडीले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।