दशैका कारण कराते खेलाडीकाे प्रशिक्षण केहि दिन राेकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०४
  • |
  • 273 पटक हेरिएको

जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीकाे प्रशिक्षण आजबाट केहि दिनका लागि राेकिएकाे छ । दशैका कारण खेलाडीलाई केहि दिन बिदा दिएकाे प्रशिक्षक दिपक श्रेष्ठले बताए ।

अब दशैका चाँड सकिएपछि फेरी प्रशिक्षण सुरु गर्ने याेजना रहेकाे श्रेष्ठले बताए । काेराेना भाइरका कारण बिचमा राेकिएकाे प्रशिक्षण दाेस्राे पटक सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरिएकाे थियाे ।

कोरोनाका कारण नेपालमा लकडाउन खुकुलो पारिएपनि सरकारले भिडभाड हुने क्षेत्रसँगै खेलकुद र मनोरन्जनको क्षेत्रलाई अझै सुचारु गर्न अनुमति दिएको छैन । तर, सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक रुपमा प्रशिक्षण सुरु गरिएको थियाे ।

प्रशिक्षणमा गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता अनु अधिकारी र नवीन रसाइली छन् । उनीहरुलाई पार्टनरको रुपमा आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता विपिन सिंह र प्रदेश स्तरीय खेलाडी स्वीकार राईलाई राखिएको थियाे ।

टोलीले सातदोबाटोस्थित कराते हलमा दैनिक दुई घन्टा प्रशिक्षण गरिरहेको थियाे । तर अहिले दशै लागेका खेलाडीलाई चाँडवाड मनाउन समय दिएकाे श्रेष्ठले बताए ।

कोरोना संक्रमणको दर बढेसँगै कराते टोलीको प्रशिक्षण गत साउन २७ गते दाेस्राे पटक स्थगित गरिएको थियो । खेलाडीहरु नेपाल सरकारले घोषणा गरेको चैत्र ११ गते को लकडाउन भन्दा अघिदेखि प्रशिक्षणमा थिए ।

त्यसपछि असार ७ गते बाट सम्बन्धित सबैलाई जानकारी र मौखिक स्वीकृति लिई प्रशिक्षण सुरु भएको थियो । टोकियो ओलम्पिक अर्को वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तालिका छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey