नयाँ निर्वाचन गर्नुपर्ने खेल संघ करिव एक दर्जन,बहाना काेराेना महामारी !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२१
  • |
  • 436 पटक हेरिएको

नेपाली खेलकुद विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प छ । अहिलेसम्म नेपाली खेलकुदमा यो कोरोनाले कति असर गर्यो भन्ने लेखाजोखा छैन । हुनुपर्ने प्रतियोगिता रोकिएका छन, खेलाडीले आफ्ना नियमित प्रशिक्षणका किट्सहरु थन्क्याइरहेका छन ।

अब नेपाली खेलकुद कहिले पुरानो लय समात्छ भन्ने पनि एकिन छैन । तिनै खेलाडीलाई नियमित गतिविधीमा ल्याउनका लागि पहिलो काम गर्ने संस्था हो खेल संघहरु । तर पछिल्लो पटक नेपालमा रहेका करिव एक दर्शन खेल संघहरुको नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आइसकेको छ । उनीहरुको पुरानो कार्यकाल सकिएको छ । तर अझै उनीहरुले नयाँ निर्वाचन कहिले गर्छन भन्ने टुंगो छैन ।

नयाँ ऐन आएपछि त्यसमा बसेर संघहरुले जिल्ला, प्रदेश हुँदै केन्द्रिय निर्वाचन गर्नुपर्ने हुन्छ । तर यहि समयमा कोरोनाको महामारी हुँदा कार्यसमितीको समय सकिएका संघलाई निर्वाचन गर्न धपेडीपनि छैन । उनीहरु आनन्दले घरमा नै बसिरहेका छन ।

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नियम अनुसार हरेक खेल संघको कार्यअवधि चारवर्षको हुन्छ । तर कार्यअवधि समाप्त भएको १० वटासंघको अहिलेसम्म साधारण सभा समेत हुन सकेको छैन । यसको मुख्य कारण उनीहरुले कोरोनाको कहरलाई दिएका छन । पौडी संघको गएको मंसिरमै कार्यकाल सकिएपनि अहिलेसम्म चुनाव भएको छैन ।

यस्तै आर्चरी संघको पनि कर्यकाल समाप्त भएर गत चैत २९ गते सधारण सभाको मितिसमेत तय भइसकेको थियो तर कोरोनाकै कारण हुन सकेन । ब्याडमिन्टन संघको बैशाख २५, नेपाल भलिबल संघको जेठ एक, बक्सिङ संघको जेठ २२, जुडो संघको फल्गुन १२ र लनटेनिस, सुटिङ, चेस र कुस्ती जस्ता धेरै संघको पनि कार्यकाल समाप्त भइसकेको छ । कराँतेको त ७ वर्ष अघिनै सदस्य सचिव युवराज लामाको पालमा कार्यअवधि समाप्त भएको थियो ।

तर हालसम्म साधारण सभा हुनसकेको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय कराँते दुईवटा अस्तित्वमा रहेका संघलाई १३ औं साग अघि युवा तथा खेलकुद मन्त्रालयमा तत्कालिन उपाध्यक्ष पिताम्वर तिमल्सिनाको संयोजकत्वमा एउटै कराँते संघको रुपमा समाहित गरिएको थियो । तत्कालिन राखेप सदस्य शम्भु आचार्यको संयोजकत्वमा सागपछि तीन महिना भित्र कराँते संघको चुनाव गराउने जिम्मा दिए पनि कोरोनाकै कारण त्यो पनि अड्किएको छ ।

पौडी संघका महासचिव जगतमान श्रेष्ठले कार्यकाल सकिँदा सबै कुरा ठप्प भएको बताए । उनले संघको नियमित काममा पनि बाधा पुगेको र सबै पदाधिकारी निकै प्यासिभ भएको बताए ।

नेपालमा कोरोना महामारीको कहर झनै बढ्दै जाँदा लकडाउन र निषेधाज्ञा पनि थपिएको अवस्थामा खेलकुद ठप्प त हुनेनै भए साथै खेलकुद संघलाई चलायमान बनाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले बैकल्पिक बाटोको खोजी गर्नुपर्ने तर त्यो समेत हुनसेकेको छैन । बरु नयाँ ऐन अनुसारको नियमावलि नबनेकै कारण चुनाव र साधारण सभा गराउन समस्या भएको बताउछन ।

राखेपका प्रशासन प्रमुख तथा प्रवक्ता कुलबहादुर थापाले अहिले कोरोनाको महामारीका कारण पनि संघको हुनुपर्नेे निर्वाचन नभएको र नयाँ कानून अनुसार केहि कुरा परिमार्जित गर्नुपर्ने अवस्था रहेको बताए ।

कोरोनाका बेला संघका पदाधिकारीहरु घरमै फुर्सदमा बस्नु भन्दा साधारण सभाका लागि भर्चुवल मिटिङको माध्यमबाटै जिल्ला प्रदेश र केन्द्रको बैठक र छलफललाई अगाडी बढाउनु पर्छ । खाली समयको सदुपयोगगरि सधारणसभा र चुनावका सम्पूर्ण प्रकृया तयारी पुरागरेको खण्डमा लकडाउन खुल्ने वितिकै साधारणसभा गराउन संघहरुलाई केही सहज हुने थियो । त्यसतर्फ पनि पुर्याउनुपर्ने देखिन्छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey