अझै २-३ महिना फुटबल नभएकाे खण्डमा खेलाडीलाई निकै कठिन हुनेछ-बिक्रम लामा (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०७
  • |
  • 393 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका अनुभवी खेलाडी विक्रम लामाले कोरोना भाइरसका कारण फुटबल खेलाडीलाई मात्र होइन सबै खेलाडीलाई कठिन हुँदै गएको बताएका छन । त्यसमा पनि फुटबल खेलाडीको नाताले लामो समय कुनैपनि गतिविधी नहुँदा नयाँ खेलाडी, जो विभिन्न क्लवबाट खेल्ने गरेका थिए, उनीहरुलाई कठिन हुँदै गएको बताएका छन ।

लामाले यदि अझै दुई तीन महिना फुटबल नभएको खण्डमा आर्थिक रुपमा खेलाडीलाई झन समस्या हुने बताए । यतिबेला बार्षिक क्यालेन्डर पनि भुताभुक्त भएको अवस्था छ । फुटबल कहिले सुरु हुन्छ, त्यो पनि एकिन छैन । जसका गर्दा खेलाडीको आम्दानी शुन्य जस्तै बन्दै गएको छ । किनकी खेलाडी क्लवसँग अनुबन्ध छैनन् ।

अघिल्लो पटक लकडाउन हुँदा सागको पुरस्कार रकम आएकाले केहि सहज भएपनि, अब फेरी कोरोनाको अवस्था भयाभव भएकाले अब झन कठिन अवस्था आउने डर बढेको बताए ।

कलडाउनका सुरुवाती केहि दिनमा परिवारसँग समय विताउँदा रमाईलै भएपनि विस्तारै केहि समयपछि एउटै रुटिन भएकाले केहि कठिन भएको लामाले बताए ।

यो बर्ष अन्तराष्ट्रिय फुटबल नभएका बेला खेलाडीलाई कसरी मानसिक र शारिरीक रुपमा फिट रहनलाई चुनौती पनि थपिने बताए । साथै विक्रमले करिव चार महिनापछि अब फुटबल प्रशिक्षण सुरु हुन्छ भन्ने खबर समाचार माध्यमबाट थाहा पाउँदा र पीसीआर परिक्षण सबै गरेपछि निकै उत्साहित भएका थियौं । तर फेरी अवस्था ठिक उल्टो भएपनि चिन्ता थपिएको बताए ।

हेरौ नेपाली फुटबलर विक्रम लामासँगको कुराकानीको भिडियो

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey