गौतमबुद्ध क्रिकेट रंगशालाकाे ‘ओभरअल’ काम ५० प्रतिशत सकियाे-सिताराम कट्टेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२५
  • |
  • 255 पटक हेरिएको

चितवनमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालामा मैदानको ओभरअल काम ५० प्रतिशत सकिएको सिताराम कट्टेलले बताएका छन ।

कोरोनाको महामारीका कारण चैत्र ९ गते स्थगित भएको काम बैशाख २० गतेबाट फेरी सिमित कामदारका विच सुरु गरिएको थियो । तर विस्तारै कोरोनाको उचित स्वास्थ्य जाँच र कामदारको ख्याल गर्द धुर्मुस सुन्तली फाउन्डेसनले कामदारको संख्या बढाएको थियो ।

अहिले मैदानमा १५१ भन्दा बढि कामदार निरन्तर काम गरिरहेका छन । सिताराम कट्टेलले लकडाउनका बेला निर्माण सामाग्रि जुटाउन कठिन भएको भएपनि काम भने नरोकिएको बताए । उनले अहिलेपनि अवस्था सामान्य भने छैन, आर्थिक अवस्था कमजोर र विभिन्न बस्तुको अभाव अहिलेपनि कायमै रहेको धुर्मुसले बताए ।

देशको प्रतिष्ठाका रुपमा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण अभियामा आफ्नो टिम निरन्तर अगाडी बढिरहेको र यसलाई सबैले साथ पनि दिइरहेको उनले बताए । ३० हजार दर्शक क्षमताको यो रंगशालाको काम सकिएपछि राष्ट्रिय एकताको प्रतिक पनि भएको धुर्मुसको भनाई छ ।
रंगशालामा ७७ जिल्लाका ७७ कक्षहरु छन भने कमलको पत्तापनि ७७ वटै राखिने गरि काम भइरहेको छ । मैदान भित्र जानका लागि सात प्रदेशको नाममा सात वटा गेटहरु हुनेछन ।

मैदानको फुटिङ र कोलनको ढलान भइसकेको र ब्याकफिटको काम भइरहेको उनले जानकारी दिए । मैदान निर्माणका क्रममा मुलको पानी फुटेकाले त्यसले केहि समस्या सिर्जना गरेको तर त्यसलाई २४ घण्टा निरन्तर फाल्ने काम भइरहेको बताए । जसका लागि ६ वटा पम्पहरुको प्रयोग गरिएको छ ।

मैदानको आउटफिल्ड सम्याउने र पिचमा माटो हाल्ने काम बाँकी रहेको र त्यो अहिलेको महामारीपछि कम हुनुवितिक्कै पुरा हुने उनले बताए । क्रिकेट रंगशालाको मुख्य मैदानमा सात वटा पिचहरु रहेका छन ।

यस्तै मैदानको ड्रेनेजको काम सम्पन्न भएको छ । मैदानको पानी आउने ठाँउमा २० हजार लिटर पानीसम्म अटाउने र त्यो पानी पछि मैदानमा नै प्रयोग गर्न सकिने धुर्मुसले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey