सिलवालले बुझाए सम्पत्ति बिवरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२१
  • |
  • 388 पटक हेरिएको

नेपाल सरकारले नियम अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफ्नो सम्पत्ती विबरण बुझाएका छन ।

सिलवालले बुधबार आफ्नो सम्पत्ती विबरणको सूची खाममा राखेर शतर्कता केन्द्रमा बुझाएका हुन । उनले आफ्नो सम्पत्ती कति रहेको भन्ने विवरण खुलेको छैन ।

सदस्य सचिव हुनु भन्दा अगाडी देखि नै उनी विभिन्न ब्यवसायमा काम गरिरहेका सिलवालले विभिन्न कलेजहरु चलाउछन ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्ले नै आफ्नो मातहतका सबै कर्मचारीको विबरण बुझाउनका लागि पत्राचार गरेको थियो । त्यसमा परिषद्ले ७७ जिल्ला कै ९५० कर्मचारीलाई भदौ २८ गतेभित्र सम्पत्ती विवरण बुझाउन भनेको थियो । त्यहि आधारमा सिलवालले पनि आफ्नो सम्पत्ती विवरणको फर्म बुझाएका हुन ।

राखेपले सबै कर्मचारीको सम्पत्ती विबरण बुझाउन ६० दिनको समय दिएको छ । सबैको सम्पत्ती विबरण शतकर्ता केन्द्रले संकलन गर्नेछ ।

पछिल्लो केहि चार पाँच बर्षदेखि राखेपका कर्मचारीले हरेक आर्थिक बर्षमा आफ्नो सम्पत्ति विबरण अनिवार्य बुझाउनुपर्छ । यदि तोकेको समयमा नबुझाएमा स्वतः तलवबाट १० हजार रुपैयाँ कटौती हुने गर्छ ।

यो नियम लागु भएको पहिलो बर्ष ६० प्रतिशत कर्मचारीले आफ्नो सम्पत्ती विबरण नबुझाउँदा तलव काटिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey