बक्सिङ संघमा तानाशाह हावी भयो : महासचिव भट्टाचार्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१७
  • |
  • 434 पटक हेरिएको

काठमाडौ । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूलाई दुव्र्यवहार भएको बताएका छन् । महासचिव भट्टाचार्यले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफूलाई दुव्र्यवहार भएको बताएका हुन् । बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको भट्टाचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल गर्नु पर्ने विषय बहुमतको आधारमा लैजान खोजिएपछि आफूले फरक मत राखेको कारण महर्जनले दुव्र्यबहार गरेको भट्टाचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले आफूलाई दुव्र्यबहार हुँदा संघका अध्यक्ष राम अवालेले कुनैपनि प्रतिक्रिया नजनाएपछि आफुले विज्ञप्ति निकाल्न बाध्य भएको उल्लेख गरे ।

कोरोनाको कारण लामो समयपछि बक्सिङ संघले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठक शुक्रबारसम्म चलेको थियो

राखेपको नयाँ खेलकुद विकास ऐन समेत दिपकले नमानेको महासचिव भट्टाचार्यको आरोप छ । महासचिव भट्टाचार्यले संघमा आर्थिक अनियमितता हुँदै आएको आरोप समेत लगाएका छन् । उनले ‘लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको छ । निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्म विपरीत कोष सञ्चालन हुँदै आएको पनि यस विज्ञप्तिमार्फत जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै महासचिव भट्टाचार्यले संघ एकलौटी र तानाशाही ढंगबाट चल्दै आएको समेत बताए । उनले वर्तमान कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदन समेत पास नभएको समेत बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey