भारतमा २५ कराेड रुपैयाँमा आयाेजना हुने भलिबलमा थप २ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०९
  • |
  • 474 पटक हेरिएको

भारतीयमा खेलकुद क्षेत्रमा निजी क्षेत्रको लगानीका कारण विभिन्न खेलहरुले निकै राम्रो प्रगति गरेका छन । यसअघि फुटबल, कबड्डी, ब्याटमिन्टन, कुस्ती लगायतका खेलमा निजी क्षेत्रको लगानी भएर विभिन्न प्रतियोगिताहरु हुँदै आएका छन ।

तर अब यसैमा यो बर्षबाट भारतीमा भलिबलमा पनि निजी क्षेत्रको ठुलो लगानी भित्रिने भएको छ । यसमा गत बर्षबाट ६ टिमविच फ्रेन्चाइजी लिग भलिबल भएको थियो । तर अब यो बर्षबाट थप दुई टिम थपिएका छन ।

विदेशी खेलाडीलाई समेत अनुबन्ध गर्न पाउने नियम भएकाले अघिल्लो बर्ष १२ खेलाडीलाई विभिन्न ६ टिमले ल्याएका थिए भने अहिले त्यो बढेर १६ खेलाडी पुर्याइएको छ । प्रत्येक टिममा दुई विदेशी खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।

प्रतियोगिताको विजेताले करिव चार करोड रुपैयाँ पाउनेछन । जसमा विजेताले एक करोड ६० लाख रुपैयाँ पाउनेछन भेन उपविजेताले ८० लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिताको कुल खर्च २५ करोड रुपैयाँ रहेको छ ।

याे प्रतियाेगिताका कारण भारतमा भलिबलकाे क्रेज निकै बढेकाे छ । भारतमा महिला र पुरुष दुबै भलिबल निकै राम्राे रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey