राखेपको सदस्य सचिवका लागि २७ जनाको दरखास्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०१
  • |
  • 371 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव बन्नका लागि २७ जनाको दरखास्त परेको छ । नयाँ खेलकुद ऐन आएपछि पहिलो पटक सदस्यसचिवको चयन दरखास्त आह्वान गरेर हुन लागेको हो । तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि स्वतः रिक्त भएको थियो ।

त्यसपछि युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सोही समितिले एक सातका लागि समय दिएर दरखास्त आह्वान गरेको थियो । आज दरखास्त दिने समय सकिएको मन्त्रालयले जनाएको छ । सबैजम्मा २७ जनाको दरखास्त परेको जनाइएको छ ।

जसमा निवर्तमान सदस्यसचिव सिलवालले पनि सदस्यसचिवका लागि दरखास्त दिएका छन् । उनले बुधबार निवेदन दर्ता गराएका थिए । सदस्यसचिवका लागि रोशन महर्जनले पहिलो नम्बरमा दर्ता गरेका थिए भने २७ औं नम्बरमा तेजबहदुर गुरुङले दर्ता गरेको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव गणेश पौडेलले जानकारी दिए । निवेदनहरु मिलाउने काम भइरहेकाे र दरखास्त दिनेकाे नामावली केही बेरमा सार्वजनिक हुने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey