सरकारले अझै खेलाडीहरुलाई अभ्यासका लागि अनुमति नदिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-३०
  • |
  • 236 पटक हेरिएको

कोरोना भाइरसको महामारीका कारण लकडाउन अहिले केही खकुलो भएपछि काठमाडौं उपत्यकाको जनजीवन केही सहज उन्मुख देखिएको छ । सार्वजनिक सवारी साधनहरु चल्न थालेका छन् भने पसल कल कारखानाहरु पनि सामाजिक दूरी कायम राख्दै संचालन गर्नका लागि सरकारले अनुमति पनि दिइसकेको छ ।

गत चैत ११ गतेदेखि भएको लकडाउन असार पहिलो साता पछि क्रमश खुकुलो हुँदै गएको हो । तर अहिले पनि समूहमा गरिने कार्यका लागि भने अनुमति दिइएको छैन । यस्तोमा शिक्षण संस्था, सिनेमाहलका साथै खेलकुदका गतिविधिहरु पनि सञ्चालन हुन सकेका छैनन् ।

लकडाउन खुकुलो भएपछि खेलकुद क्षेत्रलाई पनि चलायमान गराउनका लागि विभिन्न खेल संघहरुले अनुमति मागेका थिए । खेलाडीहरुको पीसीआर परीक्षणण गरेर अभ्यासमा फर्काउन माग गर्दै खेल संघहरुले राष्ट्रिय खेलकुद परिषद् राखेप हुँदै युवा तथा खेलकुदमन्त्रालयमा पत्र पठाएका थिए । तर, मन्त्रालय स्रोतका अनुसार अहिले नै खेलाडीका लागि सामूहिक प्रशिक्षण गर्न दिन नसकिने जवाफ दिएको छ ।

पीसीआर परीक्षणका लागि मन्त्रालय सहमत भएपनि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ती व्यक्तिले भने ‘अहिले पीसीसआर परीक्षण गराएर खेलाडीलाई अभ्यासका लागि वातावरण बनाउन आग्रह गरिएको निवेदन आएको छ । तर अझै खेलाडीहरुलाई सामूहिक प्रक्षिणका लागि अनुमति दिने वातावरण छैन ।

फुटबल, मार्सल आर्टस लगाएतका खेल संघहरुले प्रशिक्षणको वातावरण मिलाईदिन आग्रह गरेका हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey