दरखास्त हालेर राखेपको सदस्य सचिव बन्दिनँ : सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-२१
  • |
  • 414 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्मा रमेश कुमार सिलवाल गत वर्षको असार २३ गते ४ वर्षे कार्यकालका लागि भनेर युवातथा खेलकुद मन्त्रालयको निर्णय अनुसार सदस्य सचिवमा नियुक्त भएका हुन् ।

असार २३ गते मंगलबार बल्ल एक वर्ष पुरा हुँदैछ । सदस्य सचिवमा सिलवाल खेलकुद विकास ऐन २०४८ अनुसार नियुक्त भएका हुन् । यस बीचमा अहिले नयाँ खेलकुद ऐन लागू भएको छ । अझ भनौं १७ गतेदेखि नयाँ ऐन कार्यान्वयनमा आएपछि अहिले राखेपमा पदाधिकारी पद मुक्त भएको बताइएको छ ।

यस बीचमा सदस्य सचिव सिलवाल पनि राखेप त गएका छैनन् । नयाँ ऐन कार्यान्व्यनमा आएसँगै सदस्यसचिवको प्रक्रिया नयाँ तरिकाले अघि बढ्ने मन्त्रालयको जवाफ पछि हामीले उनै सिलवाललाई फेरि नयाँ प्रक्रिया अनुसार दरखास्त दिएर सदस्य सचिव बन्नुहुन्छ त भन्ने जिज्ञाषा राखेका थियौं । उनले दरखास्त हालेर फेरि सदस्य सचिव नबने प्रष्ट पारे । आफू जागिर खानका लागि नभई खेलकुदमा गएको प्रष्ट पार्दै यदि मेरो आवश्यकता परेमा सरकारले नियुक्त गर्ने बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey